काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने कार्यक्रम “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सम्पन्न भएको छ ।
उक्त कार्यक्रम भदौ १४ गतेदेखि १६ गतेसम्म चितवनको सौराहास्थित पार्क सफारी रिजोर्टमा सञ्चालन गरिएको थियो । सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नाराका साथ सञ्चालन गरिएको यस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष, कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरसहित अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेको आधारमा केही एजेन्सी म्यानेजरहरुलाई सो कार्यक्रममा सहभागी गराउँदै आएको छ ।
कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ ।
सिटिजन लिडर्सहरुलाई नियमित कार्यशैली भन्दा नयाँ र फरक ढङ्गले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने विगतको अनुभवले देखाएको छ । यसै क्रमलाई कम्पनीले मध्यनजर गर्दै उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदद्वारा हाल कम्पनीमा कार्यरत ५५ भन्दा बढी लिडर्सहरुलाई तालिम प्रदान गरिएको छ ।
FACEBOOK COMMENTS