काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले शुरू गर्यो डिजिटल बीमालेख सेवा शुरू गरेको छ ।
ग्राहकको बदलिँदो आवश्यकतालाई दृष्टिगत गर्दै कम्पनीले ‘डिजिटल सिटिजन’अभियानअन्तर्गत डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको हो ।
अनिवार्यरुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमकले डिजिटल बीमालेख जारी गर्ने बाटो खुला गरेसँगै अभौतिक बीमालेख सञ्चालन गर्ने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो कम्पनी समेत बनेको बताइएको छ ।
यो सेवाले कम्पनीको दक्षता बढाउनाका साथै समयको बचत गराउने तथा कम्पनी र ग्राहक दुबैका लागि सजिलो वातावरण निर्माण हुने कम्पनीले जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत दुई वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै अनलाइनबाट सजिलै दाबी प्रक्रिया पनि अगाडि बढाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले डिजिटल माध्यमबाटै विभिन्न तालिमहरु पनि सञ्चालन गर्दै आएको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरीय बनाउँदै जाने क्रममा ‘डिजिटल सिटिजन’अभियानअन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।
कम्पनीले ग्राहकहरुको सुविधालाई दृष्टिगत गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाका लागि ई–सेवा, फोन–पे र कनेक्ट आईपीएसलगायत डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलब्ध गराउनाका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोबार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको उनले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS