काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न गरेको छ । पुस २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्रलगायत नारायणगढ शाखाका अभिकर्ता एवं त्यहाँका सम्पूर्ण कर्मचारीहरू र केही विभागीय प्रमुखहरूको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।
तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले प्रस्तुत गरेका थिए । तालिममा गैरकानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरू केके हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो । उनले यसको महत्त्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए ।
गत सालझैं यस साल पनि कम्पनीले देशभरि विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम आयोजना गर्दै आएकामा यो सातौं र अन्तिम स्थान हो । यसभन्दा पहिले मंसिर २७ गते पूर्वको इटहरी, इनरूवा र विर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताहरूका लागि इटहरीमा, मंसिर २२ गते पश्चिमको धनगढी, नेपालगञ्ज, सुर्खेत क्षेत्रका लागि कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रका लागि मंसिर १ गते बुटवलमा, पोखरा र बागलुङ क्षेत्रका लागि कात्तिक १० गते पोखरमा र असोज साथै मंसिर ६ गते दुई पटक काठमाडौंमा यो तालिम सम्पन्न गरिएको थियो ।
बर्दिबासमा सम्पन्न अन्तिम तालिमपश्चात कम्पनीले सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम नेपालभरि सम्पन्न गरेको छ ।
FACEBOOK COMMENTS