काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी २०२६ (मिलियन डलर राउन्ड टेबल) सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म होटल पोखरा ग्रान्ड पोखरामा दुई रात तीन दिनसम्म आयोजना गरिएको थियो ।
कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरुलाई सम्मान गरिएको थियो । जसअन्तर्गत ६७ जना एमडीआरटी (मिलियन डलर राउन्ड टेबल), २ जना सिओटी (कोर्ट अफ द टेबल) तथा १ जना टिओटी (टप अफ द टेबल) योग्यकर्ता रहेका थिए । सँगै सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले आ–आफ्नो प्रस्तुति तथा मार्गदर्शन प्रदान गरेका थिए । साथै कम्पनीका ब्राण्ड एम्बेसडरहरू मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको विशेष उपस्थिति रहेको थियो ।
समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको प्रमुख आधार सिटिजन लिडरहरुको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनहरूमा अझै उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।



FACEBOOK COMMENTS