काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडांैको टेकुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
शाखा विस्तार गर्ने क्रममा बैंकले आफ्नो १८९औं शाखा टेकुमा सञ्चालनमा ल्याएको बताएको छ ।
टेकुमा आज आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा सञ्जाल काठमाडांै उपत्यकाभित्र ३७ वटा र बागमती प्रदेशमा ५१ वटा पुगेको छ ।
शखा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने मनसाय व्यक्त गरे ।
सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । यस्तै, स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको पनि बाक्लो उपस्थिति थियो ।
सुविधासम्पन्न यो शाखामार्फत लकर सेवा, एटीएम सेवालगायत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नाका साथै साना तथा कर्पोरेट व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १८९ वटा शाखा, १४९ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरूबाट १६ लाख ७५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।
FACEBOOK COMMENTS