मंसिरका लागि सिटिजन्स बैंकको ब्याजदर स्थिर
कर्पोरट खबर
11:28 am, सोमबार, कात्तिक ३०, २०८३
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८३ मंसिर महिनाका लागि निक्षेपको ब्याजदर स्थिर राखेको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार अघिल्लो महिना कात्तिककै दरलाई निरन्तरता दिइएको हो ।
बैंकका अनुसार मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ३.८५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम रहनेछ ।
कात्तिक महिनामा पनि बैंकले व्यक्तिगततर्फ ३.८५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत नै ब्याजदर प्रदान गर्दै आएको थियो ।