सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
कर्पोरट खबर
5:23 pm, आइतबार, मंसिर २३, २०८१
काठमाडौं । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा विभिन्न किसिमका अपांगता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसँगको सहकार्यमा बैंकले वीरेन्द्रनगर सुर्खेतमा अवस्थित कृष्ण संस्कृत तथा साधारण माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकले सहयोगस्वरूप विभिन्न ब्रेल शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको हो । दृष्टिविहीन तथा अन्य अपांगता भएका बालबालिकाहरूसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरूबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरूले उनीहरूको अध्ययनमा सहजता प्राप्ति होस् भन्ने अभिप्रायका साथ बैंकले सो सामग्रीहरू प्रदान गरेको हो ।
सिटिजन्स बैंकले हालै मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । भौतिक कार्डविना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भच्र्युअल क्रेडिट कार्डमा रहेको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS