काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यौनशोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौनहिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि प्रशंसनीय कार्य गर्दै आएको संस्था रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यसामग्री र सेनिटरी प्याड सहयोग प्रदान गरेकोे छ ।
दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुनर्स्थापनामा लागिपरेको संस्था रक्षा नेपालले उनीहरूलाई सीप, शिक्षा, काउन्सेलिङ, कानुनी सहयोग, आत्मरक्षा र आत्मजागरुकतामार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।
बैंकले एक समारोहका बीच रक्षा नेपाललाई सामग्रीहरू हस्तान्तरण गरेको हो । बैंकको यो सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै रक्षा नेपालका पदाधिकारीले आगामी दिनमा पनि महिला र बालबालिकाको अधिकारका लागि कार्यहरू गर्दै जान हौसला मिलेको बताए ।
समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाँउदा संस्थाको संचालनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसशल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकलार्ई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS