काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले आइतबार, चैत्र १, २०८२ मा कर्मचारी दिवश अवसरमा दीर्घ सेवा सम्मान कार्यक्रम आयोजना गरेको छ।
२०६४ साल वैशाख ७ गते जम्मा ४३ कर्मचारीबाट सेवा सुरु गरेको बैंकले यस अवधिमा १० वर्ष र १५ वर्ष सेवा पुरा गरेका कर्मचारीहरूलाई सम्मान गरेको हो। बैंकले १९ औं वार्षिकोत्सवको तयारीका क्रममा एक महिने उत्सव कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित समारोहमा प्रधान कार्यकारी अधिकृत श्री गणेशराज पोखरेल ले १० वर्ष सेवा पुरा गरेका ४८ जना र १५ वर्ष सेवा पुरा गरेका १४ जना गरी जम्मा ६२ जना कर्मचारीलाई प्रमाणपत्रसहित दीर्घ सेवा पदक प्रदान गर्नुभएको थियो। बैंकमा हाल १७६४ कर्मचारी कार्यरत रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेल ले कर्मचारीहरूलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भई आफ्नो काम तथा कर्तव्य पूरा गर्न आग्रह गर्नु भएको थियो। हालसम्म ३५६ कर्मचारीहरूले १० वर्ष सेवा सम्मान पदक र ६६ जनाले १५ वर्ष सेवा सम्मान पदक प्राप्त गरिसकेका छन्।
बैंकले हालसम्म नेपालमै पहिलो पटक फोनपेसँगको सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड”, नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट”, एकीकृत अनलाइन प्लेटफर्म “सिटिजन्स डिजी बैंक सेवा”, फ्रिलान्सर सेविङ्ज अकाउन्ट, र मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी.आर.एन् नम्बर सेवा जस्ता नवप्रवर्तनात्मक सेवाहरू सञ्चालनमा ल्याइसकेको छ।

देशभर ६१ जिल्लामा फैलिएका बैंकका २०० शाखा, १६९ ए.टी.एम., ३ विस्तारित काउन्टर र ४२ शाखा रहित बैंकिङ ईकाइहरू मार्फत बैंकले १९ लाख ९७ हजार ग्राहकहरू लाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यस कार्यक्रममा दीर्घ सेवा सम्मान कार्यक्रमले कर्मचारीहरूमा उत्साह र प्रतिबद्धता बढाउने साथै बैंकको संस्कृति र योगदान प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको छ।


FACEBOOK COMMENTS