काठमाडौं । उच्च प्रविधियुक्त आजको जमानामा कुनै पनि काम गर्न सम्बन्धित कार्यालय धाउनुपर्ने बाध्यता हट्दै गएको छ । कम्प्युटर, ल्यापटप र मोबाइल अनि इन्टरनेटको माध्यमबाट मानिसहरूले घरमै बसी–बसी आफ्ना कामहरू सम्पादन गर्न थालेका छन् । जसका कारण आफ्नो काम गर्न सेवाग्राहीकै कार्यालयमा पुग्नैपर्ने बाध्यता हटेको हो ।
खासगरी पछिल्लो समय नेपालका बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग तीव्ररूपमा बढिरहेको छ । अहिले पैसा जम्मा गर्न, झिक्न, कसैलाई भुक्तानी दिन वा अन्य विभिन्न कामका लागि मानिसहरू मोबाइल इन्टरनेटमा निर्भर हुन थालिसकेका छन् । मोबाइल बैंकिङ्गको प्रविधि बढेसँगै मानिसहरूले बैंकिङ्ग सुविधा पनि सजिलैसँग प्राप्त गरिरहेका छन् ।
पहिले घन्टौँ मात्र होइन दिनै बिताएर लाइन लागेर सम्पादन गर्नुपर्ने कामहरू अहिले मोबाइल बैंकिङ्गमार्फत केही मिनेटमै गर्न सकिन्छ । मोबाइल बैंकिङ्गबाट सजिलैसँग एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ । बैंकिङ्ग विवरण, बिल भुक्तानी, मोबाइल टप–अप, र अन्य धेरै सुविधा सजिलै प्राप्त गर्न सकिन्छ । यस्ता धेरै सेवाहरूमध्ये मोबाइल बैंकिङ्गमार्फत फिक्स्ड डिपोजिट पनि सजिलै गर्न सकिन्छ । अझ बैंकको खाता खोल्नेदेखि बन्द गर्नेसम्मका सेवाहरू घरमै बसी–बसी लिन सकिने अवस्था बनिसकेको छ ।
यसैबीच नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनलमा घरमै बसी–बसी ‘रियल टाइम फिक्स्ड डिपोजिट’ गर्न र खाता बनाउन सकिने भएको छ । यसबाट ग्राहकहरूलाई बैंकसम्म पुग्नुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ । ‘रियल टाइम फिक्स्ड डिपोजिट’ भनेको तपाइँ आफैंले आफ्नो कम्प्युटर, मोबाइल र ल्यापटपबाट घरमै बसेर खोल्न सकिने मुद्दती खाता हो ।
कसरी खोल्ने खाता ?
यो खाता खोल्न सबैभन्दा पहिला सिटिजन्स बैंक इन्टरनेशनलको मोबाइल एप्लिकेशनमा लगइन गर्नुपर्दछ । त्यसपछि त्यहाँ देखिने ‘मोर’ अप्सनमा क्लिक गरेर ‘फिक्स्ड डिपोजिट’ लेखिएको ठाउँमा क्लिक गर्नुपर्दछ । त्यहाँ देखिने फिक्स्ड डिपोजिट गर्ने विभिन्न योजनाका प्रकारहरूमध्ये आफूलाई मनपर्ने वा खोल्न चाहेको मुद्दती योजना छानेर रकम जम्मा गर्ने अवधि र जम्मा गर्न चाहेको रकम उल्लेख गर्नुहोस् ।
यी सबै काम गरेपछि आफ्नो ई–मेल ठेगाना दिएर प्रोसिडमा क्लिक गर्नुहोस् । अब तपाइँले उपलब्ध गराउनुभएको सबै विवरण ठिक भएको वा नभएकोबारे आफैंले जाँच गर्नुहोस् । यदि सबै विवरण ठिक भएको खण्डमा सिटिजन्स बैंक इन्टरनेशनलले तपाइँको सो ई–मेल ठेगानामा मुद्दती खाता सुचारु भएको सन्देश पठाउने छ र त्यसलाई पनि जाँच गर्नुहोस् । यसरी मुद्दती खाता बनाउँदा र रकम जम्मा गर्दा तपाइँको खातामा आवश्यक रकम हुन जरुरी छ ।
के हो फिक्स्ड डिपोजिट ?
फिक्स्ड डिपोजिट एक प्रकारको वित्तीय लगानी हो जुन व्यक्तिहरूलाई बैंक वा वित्तीय संस्थानबाट प्रदान गरिन्छ । मुद्दतीमा उच्च व्याज आर्जन गर्न सकिन्छ । यसमा निश्चित समयका लागि निश्चित रकम जम्मा गर्नु पर्दछ । फिक्स्ड डिपोजिटमा राखिएको पैसा बैंकमा सुरक्षित रहन्छ र व्याजका रूपमा प्राप्त गर्न सकिन्छ । फिक्स्ड डिपोजिट जति लामो समयसम्मको लागि लगानी गर्नुहुन्छ, ब्याजदर पनि उतिनै उच्च हुँदै जान्छ । छोटो अवधिको फिक्स्ड डिपोजिट तीन महिनाको हुन्छ भने भने दुई वर्ष वा सोभन्दा बढीको लागि गरिएको फिक्स्ड डिपोजिटहरू दीर्घकालीन लगानी मानिन्छ ।
फिक्स्ड डिपोजिटमा लगानी गर्नु सबै भन्दा सुरक्षित विकल्प मानिन्छ । यसमा, वित्तीय बजारको जोखिम हुँदैन् र निश्चित प्रतिफलको ग्यारेन्टी हुन्छ ।
सिटिजन्स बैंकले यसरी पूरा गर्छ तपाईंको आफ्नै घर किन्ने सपना ! कस्तो छ होम लोन योजना ?
सिटिजन्स बैंकमा खाता खोल्दै हुनुहुन्छ ? त्यसो भए यसो गर्नुहोस्…
सिटिजन्स बैंकमा के के छन् डिजिटल तथा रिटेल बैकिङ्क सेवाहरु ?
FACEBOOK COMMENTS