काठमाडौं । सिटिजन्स बैंक यन्टरनेशनलका ग्राहकले पर्साको वीरगञ्जसिथत किरण आई हस्पिटलको विभिन्न सेवामा ४० प्रतिशत छुट पाउने भएका छन् ।
छुट सुविधा उपलब्ध गराउन बैंकले सो अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले किरण आई हस्पिटलका सेवाहरुमा ४०% सम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट १७ लाख ४९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS