पछिल्लो समय वैदेशिक रोजगारमा जानेको संख्या बढ्दो छ । रोजगारदाताले आफ्नो देशमा पठाउने रेमिट्यान्स बैंक तथा वित्तीय संस्थामार्फत पठाउने गर्दछन् । विभिन्न बैंक तथा वित्तीय संस्थामध्ये सिटिजन्स बैंक पनि एक हो ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंक ले आफ्ना सेवाग्राहीका लागि वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सहजै रकम पठाउने र नेपालमा रहेका आफन्तले सहजै पाउने व्यवस्थालाई निकै ध्यान दिएको छ ।
रेमिट्यान्समा बैंकले दिने सेवा र अबको रणनीतिका सन्दर्भमा केन्द्रित रहेर सिटिजन्स बैंकका रेमिट्यान्स विभाग प्रमुख विष्णुमान श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकारानीको अंश :
पछिल्लो समय सबैभन्दा बढी रेमिट्यान्स पठाउने नेपालीहरू कुन-कुन देशमा छन् ?
वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा धेरै नेपाली खाडी मुलुकहरू यूएई, कतार, साउदी र मलेसियालगायत देशमा देशमा छन्, त्यहाँबाट रेमिट्यान्स बढी आउने गर्दछ ।
सिटिजन्स बैंकको सेवा कुन-कुन देशमा उपलब्ध छ ?
यस बैंकले खाडी मुलुकहरू, युरोपका विभिन्न देश, अष्ट्रेलिया, अमेरिकालगायतबाट सेवा दिइरहेको छ ।
धेरै नेपाली यूएई छन्, बैंकले हालसम्म कतिवटा रेमिट्यान्स कम्पनीसँग यूएईमा सम्झौता गरेको छ ?
बैंकले हालसम्म यूएईमा पाँचवटा कम्पनीसँग सम्झौता गरेको छ । जसमा अलदहककब एक्सचेन्ज, अलअहलिया एक्सचेन्ज, अलअन्सारी एक्सचेन्ज, अल्फा एक्सचेन्ज, रेधा अलअन्सारी एक्सचेन्ज रहेका छन् ।
विदेशबाट सिटिजन्स रेमिट्यान्सबाट पठाएको रकम कसरी प्राप्त गर्न सकिन्छ ?
विदेशबाट पठाएको रकम ग्राहकले सजिलैसँगै बैंकका विभिन्न ब्रान्च, बैंकका २०,००० भन्दा बढी एजेन्टबाट पाउन सक्नुकासाथै मोबाइल बैंकिङ र विभिन्न वालेटबाट पनि पाउन सकिन्छ । साथै ग्राहकको एकाउण्ट डिपोजिट कारोबार २४सै घण्टा सातै दिन क्रेडिट गरिन्छ ।
रेमिट्यान्स पठाउन ग्राहकको रोजाइमा सिटिजन्स बैंक नै पर्नुको कारण के हुन सक्छ ?
ग्राहकको रोजाइमा सिटिजन्स बैंक पर्नुको कारण भनेको बैंकले दिने चुस्त सेवा नै हो । अर्कातर्फ रेमिट्यान्स रकम पठाउने र पाउने हकमा सातै दिन कुनै अवरोध छैन । जुनसुकै माध्यमबाट आएको रेमिट्यान्स पनि यस बैंकबाट प्राप्त गर्न सकिन्छ ।
के रेमिट्यान्स पठाउँदा ग्राहकहरूले थप सुविधा पाउँछन् ?
सिटिजन्स बैंकबाट रेमिट्यान्स पठाउँदा र प्राप्त गर्दा बैंकले प्रदान गर्ने विभिन्न डिजिटल सेवादेखि अन्य सेवाहरू पनि पाउन सकिन्छ । यस बैंकमा खाता खोलेपछि रेमिट्यान्स खातामा उच्च ब्याचदर, थप एक प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ । साथै, रेमिट्यान्स खाता, डिम्याट खातालगायत खाता खोल्न पनि सकिन्छ ।
FACEBOOK COMMENTS