काठमाडौं । नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरूले आ–आफ्ना ग्राहकहरूलाई प्रविधिसँग जोड्दै सहज सेवा उपलब्ध गराउन विद्युतीय सेवामा विविधिकरण गर्दै आएका छन् ।
त्यसका लागि बैंकहरूले प्रयोगमा ल्याएको सबैभन्दा सशक्त माध्यम मोबाइल बैंकिङ हो । प्राय: सबै बैंक तथा वित्तीय संस्थाहरूले प्रयोगमा ल्याइसकेका यो सेवामार्फत ग्राहकहरूले एकैठाउँमा बसेर विभिन्न प्रकारका कारोबार तथा भुक्तानीहरू गर्न पाइरहेका छन् । फलस्वरुप स्मार्टफोन र इन्टरनेटको पहुँचभित्र रहेका त्यस्ता ग्राहकहरू आक्कलझुक्कलबाहेक बैंक जान नै छाडिसकेका छन् ।
यसै सन्दर्भमा सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकमाझ ल्याएको आधिकारिक मोबाइल बैंकिङ सेवा ‘सिटिजन्स स्मार्ट’ अन्य बैंक तथा वित्तीय संस्थाहरूका भन्दा पृथक रहेको छ । एउटै एपबाट धेरैथरी कारोबारको सुविधान लिन पाइनुका साथै सुरक्षाको दृष्टिकोणबाट समेत सिटिजन्स स्मार्ट पृथक रहेको दाबी बैंकको छ ।
बैंकका अनुसार सिटिजन्स स्मार्टमा आवद्ध भइसकेपछि आफूले गरेको कारोबारको जानकारी मोबाइलमार्फत ग्राहकले मेसेजमा प्राप्त गर्न सक्दछन् । यसका साथै, बिजुली र खानेपानीको बिल भुक्तानी, हवाई टिकट खरिद, इन्टरनेट तथा टीभीको बिल भुक्तानी र विभिन्न बीमा कम्पनीका प्रिमियम समेत सहजै तिर्न सकिन्छ ।
यस्तै, सामाजिक सुरक्षा शुल्क भुक्तानी, विद्यालयको शुल्क भुक्तानी, बस तथा विभिन्न पार्कको टिकट खरिद र बचतलगायत आर्थिक कारोबारहरू पनि सिटिजन्स स्मार्टबाट सहजै गर्न सकिने बैंकले जनाएको छ ।
फण्ड ट्रान्सफर सर्भिस, क्रेडिट कार्ड बिल पेमेन्ट सर्भिस, मोबाइल टपअप सर्भिस, कार्ड रिक्वेष्ट सर्भिस, कार्ड पिन रिक्वेष्ट सर्भिस, फिक्स्ड डिपोजिट रिक्वेष्ट सर्भिस र पासवर्ड रि–सेट सर्भिसलगायत सुविधाहरू सिटिजन्स स्मार्टमा रहेकाले समयको बचत गरी अधिकतम कार्यसम्पादन गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध समेत गरेको छ ।
एन्ड्रोइड भर्सनको मोबाइल प्रयोगकर्ताले गुगल प्लेस्टोर र आईओएस भर्सनको मोबाइल प्रयोगकर्ताले एप्पल स्टोरबाट ‘सिटिजन्स स्मार्ट’ डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS