काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले काभ्रेको पनौतीस्थित डायमण्ड हिल रिर्सोटका सेवाहरूमा विशेष छुट पाउने भएका छन् ।
आफ्ना ग्राहकहरूलाई सहुलियत उपलब्ध गराउन बैंकले उक्त रिसोर्टसँग समझदारी गरेको छ ।
सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले उक्त रिर्सोटमा १५ प्रतिशत आकर्षक छुट पाउने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनाका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरूबाट १८ लाख ९७ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS