काडमाडौं । के तपाई आफ्नो उज्वल भविश्यका लागि देश वा विदेशमा उत्कृष्ट शैक्षिक कार्यक्रम रोज्नु भएको छ ? लोन कहाँ बाट कसरी लिने भनेर चिन्तीत हुनुहुन्छ भने अब ढुक्क हुनुहोस् ।
किनकी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तपाईको लागि ल्याएको छ ‘सिटिजन्य शैक्षिक कर्जा’ । त्यसैले अब सहुलियत ब्याजदरमा शैक्षिक कर्जा लिनुहोस् र आफ्नो सुनौलो भविश्यको यात्राको उडान भर्नुहोस् ।
सिटिजन्स बैंकले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘सिटिजन शैक्षिक कर्जा’ सुविधा उपलब्ध गराउँदै आएको छ। देशभित्र तथा विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको आर्थिक भार कम गर्ने उद्देश्यले ल्याइएको यो कर्जा कार्यक्रम शिक्षामा पहुँच विस्तार गर्न कोशेढुङ्गा सावित भएको छ ।
शैक्षिक कर्जाले विद्यार्थीहरूले स्नातक, स्नातकोत्तर तथा व्यावसायिक तालिमका लागि आवश्यक शैक्षिक शुल्क, आवास, अध्ययन सामग्री लगायतका खर्च व्यवस्थापन गर्न सहज बनाएको छ ।

यस कार्यक्रम मार्फत विद्यार्थीले एक करोड सम्मको लोन पाउने छन् । यसको कर्जाअवधी १५ वर्षको रहेको छ । यदि कर्जा दिने विद्यार्थीले यस अवधिलाई घटाउन चाहेको खण्डमा उक्त सुविधा पनि बैंकले प्रदान गरेको छ ।

बैंकले सहज किस्ताबन्दी सुविधा तथा लचिलो भुक्तानी अवधि उपलब्ध गराउँदै विद्यार्थी तथा अभिभावकलाई राहत प्रदान गरेको छ।

लोन लिन चाहने इच्छुक र योग्य विद्यार्थीहरूले अभिभावक वा संरक्षकको सह–आवेदनमा कर्जा लिन सक्ने व्यवस्था गरिएको छ। साथै अध्ययन अवधिभर तथा अध्ययन सम्पन्न भएपछि पनि भुक्तानीमा आवश्यक सहुलियत प्रदान गरिने भएकाले यो कर्जा विद्यार्थी–मैत्री बनेको छ।

आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको शिक्षा बाट वञ्चित हुन नपरोस्, कुनै पनि विद्यार्थीको अध्ययन गर्ने सपना अधुरो नरहोस् भन्ने उद्देश्यका साथ सिटिजन्स बैंकले विद्यार्थीका लागि शैशिक लोन ल्याएको हो । उक्त कर्जा विद्यार्थीले देशैभरि रहेको सिटिजन्स बैंकको कुनै पनि शाखाबाट लिन सक्नेछन् ।

सिटिजन्स बैंकले देशभर फैलिएको शाखा सञ्जाल तथा डिजिटल बैंकिङ सेवामार्फत शैक्षिक कर्जासहित विभिन्न आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। ‘सिटिजन शैक्षिक कर्जा’ ले विद्यार्थीहरूको सपना पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको छ ।
थप जानकारीका लागि सिटिजन्स बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्नुहुनेछ ।
FACEBOOK COMMENTS