काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सञ्चालन गरिरहेको ‘सिटिजन्स तलब बचत खाता’मा समावेश गरिएका विभिन्न सुविधाहरूको उपभोग गर्दै बैंकका ग्राहकहरूले मज्जा लुटिरहेका छन् ।
नि:शुल्करूपमा खोल्न सकिने ‘सिटिजन्स तलब बचत खाता’ खाता मात्रै नभएर यो एउटा सुविधैसुविधाको खानी समेत भएको ग्राहकहरू बताउँछन् । ‘तलबी खाता खोल्नुहोस् सुविधाको मज्जा लुट्नुहोस्’ नारासहित बैंकले सञ्चालन गर्दै आएको योजना विभिन्न पाँचवटा विशेषताले परिपूर्ण छ ।
सो बचत योजनामा भिसा/डेबिट कार्ड नि:शुल्क, मोबाइल बैंकिङ नि:शुल्क र डि–म्याट खाता नि:शुल्क खोल्ने सुविधा छ । यस्तै, २४ घण्टा अस्पताल भर्ना हुनुपर्नेगरी बिरामी परेका ग्राहकलाई २५ हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा र तीन लाख रुपैयाँ बराबरको दुर्घटनाजन्य मृत्यु बीमा यो खाता योजनाको मुख्य विशेषता हो ।
यसैगरी, अनलाइन कारोबार गर्न सुरक्षित थ्रिडी सेक्योर प्रविधिमा नि:शुल्क दर्ता, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट/स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, नेपालभर जुनसुकै एटीएमबाट नि:शुल्क पैसा निकाल्नेजस्ता आकर्षक सुविधा यो योजनामा रहेको बैंकले जनाएको छ ।
‘सिटिजन्स तलब बचत खाता’मा दैनिक मौज्दातमा वार्षिक साढे ६ प्रतिशत ब्याजदर प्रदान गरिरहेको पनि बैंकले जानकारी दिएको छ । विशेष सुविधासहितको यो खाता योजना कर्मचारीको तलब व्यवस्थापनका लागि अत्यन्तै फलदायी भइरहेको बैंकको भनाइ छ ।
FACEBOOK COMMENTS