काठमाडौं । गुणस्तरीय वित्तीय सेवामार्फत बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै विश्वसनीयता आर्जन गरेको सिटिजन्स बैंक इन्टनरनेशनले आफ्ना ग्राहक तथा कर्मचारीहरूको सुविधाका लागि २०० भन्दा बढी व्यावसायिक प्रतिष्ठान (मर्चेन्ट) हरूसँग साझेदारी गर्दै आएको छ ।
बैंकले क्याफेदेखि इलेक्ट्रिक भेहिकल (ईभी) चार्जिङ स्टेशन तथा होटेलहरूसम्मलाई आफ्नो व्यावसायिक साझेदारका रूपमा अगाडि बढाएको छ ।
क्याफे, रेष्टुराँ एण्ड बार, क्लब, अस्पताल, डेन्टल हस्पिटल, क्लिनिक, स्पा, ज्वेलरी, इलेक्ट्रिक डिभाइस, ई–कमर्स, होटेल, शिक्षा, फेसन, सुपरमार्केट, रिसोर्ट, एड्भेञ्चर स्पोर्टस, ट्राभल एजेन्सी, गिफ्ट आइटम, सिनेमा हाउस, सपिङ सेन्टर, बेकरी, एअरलाइन्स, इन्टरनेट सर्भिस प्रोभाइडर, होम अप्लाइन्सेस र होटेल एण्ड रिसोर्टलगायत २०० भन्दा बढी मर्चेन्टहरूसँग समझौता गरी बैंकले विभिन्न सेवा तथा सुविधाहरूमा आकर्षक छुट सुविधा उपलब्ध गराउँदै आएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) तथा प्रवक्ता नारायण राज अधिकारीले जानकारी दिए ।
उनका अनुसार मुलुकका मुख्य–मुख्य व्यावसायिक प्रतिष्ठानहरूसँग सिटिजन्स बैंकले सम्झौता गरी उक्त सुविधाहरू उपलब्ध गराइरहेको छ । ग्राहकलाई आकर्षित गरी बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्डको प्रयोग बढाउने उद्देश्यअनुसार बैंकले विभिन्न मर्चेन्टहरूसँग सहकार्य गर्नुपरेको पैवक्ता अधिकारीको भनाइ छ । यसबाट डिजिटल पे–मेन्टको प्रवर्द्धन, ब्राण्ड प्रमोशन, राजस्व वृद्धि र बजार प्रतिस्पर्धामा सघाउ पुग्ने उनको विश्वास छ ।
सिटिजन्स बैंकको यस्तो पहलले देशमा डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, नगदरहित भुक्तानी प्रणालीको विस्तार र वित्तीय पहुँचको सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याइरहेको उनले बताए ।
त्यसैगरी, मर्चेन्टहरूका लागि पनि बैंकसँगको सहकार्यले ग्राहक सङख्या, बिक्री कारोबार र ब्राण्ड पहिचान वृद्धि गर्न मद्दत पुर्याएको देखिन्छ । डिजिटल भुक्तानी प्रणालीमार्फत नगद व्यवस्थापनको झन्झट घट्ने र कारोबार थप पारदर्शी तथा सुरक्षित बन्ने मर्चेन्टहरूको अनुभव छ भने बैंकिङ सेवामा पनि नयाँ आयाम थपिदै गएको छ ।
यी हुन् सिटिजन्स बैंक इन्टरनेशनलले सहकार्य गर्दै आएका २०० भन्दा बढी मर्चेन्टहरूको विवरण–
यो पनि पढ्नुहोस्–
विश्वसनीय र गुणस्तरीय सेवामा अब्बल ‘सिटिजन्स रेमिट’, कस्तो छ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल ?
FACEBOOK COMMENTS