काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो ग्राहकहरूलाई विदेशबाट नेपालसम्म रकम पठाउन सहज र सुरक्षित बनाउन ‘सिटिजन्स रेमिट’ सेवा सञ्चालन गर्दै आएको छ ।
प्रविधिमुखी र ग्राहकमैत्री यो सेवाअनलाइनमा आधारित प्रणालीमार्फत बैंकका सबै शाखा, शाखारति बैंकिङ सेवा र एजेण्ट नेटवर्कहरूमार्फत उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । ‘सिटिजन्स रेमिट नेपालकै प्रतिष्ठित रेमिट्यान्स ब्रान्डमध्ये एक हो, जसले सबैभन्दा छिटो र सुरक्षित विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ,’ बैंकका प्रमुख सूचना अधिकृत नारायण राज अधिकारीले जानकारी दिए ।
उनका अनुसार सिटिजन्स रेमिटले हाल नेपालका सातवटै प्रदेश र ७७ वटै जिल्लालाई समेट्ने गरी १५ हजार भन्दा बढी भुक्तानी एजेण्ट नेटवर्कमार्फत सेवा उपलब्ध गराउँदै आएको छ । रेमिट्यान्स सेवाको प्रभावकारी व्यवस्थापनका लागि बैंकले छुट्टै रेमिट्यान्स विभाग स्थापना गरेको र दक्ष टोलीद्वारा ग्राहकहरूलाई छिटो, विश्वसनीय र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको सूचना अधिकृत अधिकारीको भनाइ छ ।
सिटिजन्स रेमिटलाई थप प्रभावकारी र सबैको पहुँचमा पुर्याउनका लागि नेपालभरका कुनै पनि बैंक खातामा तुरुन्त रकम जम्मा हुने सुविधा, सबै प्रदेश र जिल्लामा नगद भुक्तानी नेटवर्क स्थापना, मोबाइल बैंकिङ एप्स र डिजिटल वालेटमार्फत सजिलै रकम प्राप्त गर्ने सुविधा, एपीआई कनेक्टिभिटीसहितको वेबमा आधारित प्रविधि, लाभग्राहीलाई प्रत्यक्ष फोनमार्फत सहयोग गर्ने सुविधा र डिजिटल रूपमा सुरक्षित विप्रेषण सेवालगायत सुविधाहरू उपलब्ध गराउँदै आएको अधिकारीले जानकारी दिए ।
यस्तै, सिटिजन्स बैंकले नेपाली श्रमिकहरूको मेहनतको आम्दानीलाई सुरक्षित तरिकाले नेपाल ल्याउन विश्वस्तरका प्रतिष्ठित रेमिट्यान्स कम्पनीहरूसँग सहकार्यसमेत गरेको छ । उक्त कार्यले ‘सिटिजन्स रेमिट’ मार्फत ग्राहकहरूले छिटो, सुरक्षित र भरपर्दो सेवा अनुभव गर्दै आएको बैंकको दाबी छ । आगामी दिनमा अझै आधुनिक र डिजिटल प्रविधि थप्दै सेवा विस्तार गरिने प्रतिवद्धता बैंकको छ ।
यस्तो छन् अन्तर्राष्ट्रिय साझेदारहरू
विदेशबाट स्वदेशमा रेमिट्यान्स भित्र्याउनका लागि बैंकले विभिन्न २० वटा एजेण्ड पार्टनरसँग सहकार्य गर्दै आएको छ । बैंकले युरोपका लागि एसीई मनी ट्रान्सफर, यूएईका लागि एआई आहालिआ मनी एक्सजेञ्ज, एआई अन्सारी एक्स्चेञ्ज, एआई दहब एक्स्चेञ्ज, अल्फा एक्स्चेञ्ज र रेधा एआई अन्सारी एक्स्चेञ्जसँग सहकार्य गरेको छ ।
त्यसैगरी, भारतका लागि एक्सिस बैंक, कतारका लागि दोहा बैंक, कुवेतका लागि नेशनल एक्स्चेञ्ज र कुवेत इन्डिया इन्टरनेशनल एक्स्चेञ्ज तथा अष्ट्रेलियाका लागि हाम्रो रेमिट, लिगल रेमिट र नमस्ते रेमिटसँग सहकार्य गरेको बैकले जनाएको छ । यस्तै, सिंगापुरका लागि मिलिनिङ पीटीई, यूकेका लागि सुभिदा यूके लिमिटेड, यूएसएका लागि यूएनओ मनी ट्रान्सफर, टर्कीका लागि यूपीती मनी ट्रान्सफरसँग सहकार्य गरेको छ ।
त्यसैगरी, विश्वव्यापी कार्यक्षेत्र भएको वर्ल्ड रेमिट, प्लेसिड एक्स्प्रेस र एक्स्प्रेस मनी सर्भिससँग पनि बैंकले सहकार्य गर्दै आएको जनाएको छ ।
यस्ता छन् राष्ट्रिय साझेदारहरू
बैंकले भुक्तानी साझेदारका रुपमा आईएमई रेमिट (३५ हजार पेइङ लोकेशन), सिटी एक्स्प्रेस मननी ट्रान्सफर (१५ हजार पेइङ लोकेशन), ई–सेवा मनी ट्रान्सफर (१३ हजार पेइङ लोकेशन) र सम्सरा रेमिट (१२ हजार पेइङ लोकेशन) लाई अपनाएको छ ।
यस्तै, स्थानीय साझेदारका रूपमा बैंकले वेस्टर्न युनियन(सीजी फाइनान्स), मनीग्राम (युनाइटेड रेमिट), प्रभु मनी ट्रान्सफर, ई–सेवा मनी ट्रान्सफर, आई–पे रेमिट, नेपाल रेमिट इन्टरनेशनल, एनईओ मनी ट्रान्सफर, आईएमई लिमिटेड, हिमाल रेमिट (सीएफएस रेमिट), सिटी एक्स्प्रेस मन्त्री ट्रान्सफर, सम्सरा रेमिट, ईजी लिंक रेमिट्यान्स, पृथ्वी रेमिट र रेमिट टू नेपाल रहेका छन् ।
FACEBOOK COMMENTS