काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेस प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूमाझ छठ सम्बन्ध २०८३ कल्चर कार्यक्रम सम्पन्न भएको छ ।
यससँगै, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट, सेलिब्रेटिङ आवर कल्चर, कनेक्टिङ आवर पिपुल, इनर्जाइजिङ सिटिजन्स कार्यक्रम आयोजना गरेको थियो ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेललगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा मधेस प्रदेशस्थित शाखा प्रबन्धकहरू तथा प्रदेश प्रमुखलगायतको सहभागितामा सम्पन्न भएको छ ।
कार्यक्रममा हाम्रो समृद्ध संस्कृति र परम्पराको महत्त्व चर्चा गर्दै यसलाई प्रवर्धन गर्ने नेतृत्व विकासको लागि आपसी सम्बन्ध सुदृढ गर्दै थप आत्मीय र प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएको थियो । मधेस प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ । साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
