काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंक इन्टरनेशनलको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
बैंकको बुधवार कायम अन्तिम शेयरमल्य रू. ३९८ को आधारमा नेप्सेले बोनस शेयरपछिको मूल्य रू. ३५२ दशमलव ४८ तोकेको हो । आइतवार बैंकको समायोजन मूल्यको आधारमा शेयर कारोबार खुला हुनेछ । आइतवारदेखि काराबारमा सहभागी शेयरधनीहरुले भने बैंकको प्रस्तावित लाभांश पाउने छैनन् । असोज २० गते बुधवारसम्म कायम शेयरधनीहरु मात्र बैंकको लाभांशका लागि योग्य भएका हुन ।
बैंकले यस वर्ष बोनस सँगै कर समेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ । हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा आगामी साधारण सभाले पारित गरेपछि बैंकले प्रस्तावित लाभांश वितरण गर्नेछ । आगामी साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको भएपनि हालसम्म साधारण सभाको मिति भने तय गरेको छैन् ।
FACEBOOK COMMENTS