काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा सिटिजन्स म्युचुअल फण्ड र आफ्नै मुनाफाबाट कुल रु २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीका अनुसार सिटिजन्स म्युचुअल फण्ड–२ अन्तर्गतका इकाइधनीहरूले कर सहित ८.२५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । ्सोही योजना अन्तर्गतको लाभांश गत भदौ २० गतेदेखि वितरण सुरु गरिएको छ ।
यस्तै, सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाइधनीहरूले कर सहित १२.७५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सिटिजन्स म्युचुअल फण्ड–१ गत माघ १९ गते परिपक्व भइसकेको छ ।
यस्तै फण्डले खुद सम्पत्ति मूल्य रु. ११.३० को दरले अन्तिम वर्षको १३ प्रतिशत लाभांश रु १० करोड ६६ लाख ३ हजार ७सय २३ सहितगत जेठ २७ गतेदेखि वितरण गरिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नै मुनाफाबाट आफ्ना शेयरधनीलाई रु. ३ करोड २० लाख नगद लाभांश गत भदौ २० गतेदेखि वितरण गर्न थालेको जनाएको छ ।

सिटिजन्स क्यापिटलले विगतमा घोषणा गरिएका तर अझै नलिइएका लाभांश रकम लिन बाँकी रहेका इकाइधनीहरूले हितग्राही खाता तथा बैंक विवरण अद्यावधिक गरी सम्पर्क गर्न आग्रह गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, अण्डरराइटिङ, शेयर रजिष्ट्रार तथा डिम्याट खाता सेवा गर्न अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स

बैंकको सहायक कम्पनी हो । कम्पनीमा कर्मचारी सञ्चय कोषसहित प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ ।