काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ ।
नेप्सेले गत वैशाख २५ गते मंगलबारदेखि कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।
नेप्सेले वैशाख २८ गतेको निर्णय अनुसार कम्पनीलाई सचेत गराउँदै कारोबार फुकुवा गरेको जनाएको छ । कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (ग) मा भएको व्यवस्था पालना नगरेकाले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नका लागि भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो ।
शेयर कारोबार किन रोक्का गरिएको थियो ? पढ्नुहोस् तलको समाचार–
सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश बीमा प्राधिकरणले रोक्नुको कारण के हो ?
FACEBOOK COMMENTS