काठमाडौँ — आईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले आयोजना गरेको फेसन शोको र्याम्पमा यसपटक केवल सौन्दर्य प्रदर्शनको थलो मात्र बनेन, बरु भ्रष्टाचार, नातावाद–कृपावाद र बिकाउ भविष्यविरुद्धको सशक्त नागरिक मञ्च बन्यो । परम्परागत पोशाक र समकालीन कलाको संयोजनमार्फत प्रस्तुत डिजाइनले सामाजिक–राजनीतिक सन्देश प्रवाह ग¥यो ।
आईआईएफटीका डिजाइनर लाओती लिम्बुले प्रस्तुत गरेको पोशाकमा Black Day for Nepal → नेपालका लागि कालो दिन ,Our Future Is Not for Sale → हाम्रो भविष्य बिक्रीका लागि होइन,सामाजिक सञ्जाल होइन, भ्रष्टाचार बन्द गर,अब नेपो बेबीहरू चाहिँदैनन् जस्ता सन्देशहरू अंकित थिए । यी नाराले सुशासन, अभिव्यक्ति स्वतन्त्रता र समान अवसरको मागलाई प्रतिविम्बित गरेका छन् ।
पोशाकमा प्रयोग गरिएको कालो रङले राष्ट्रिय पीडा र आक्रोश जनाउँदा, नेपालको झण्डाका प्रतीकात्मक आकृतिले देशको अस्मिता र नागरिकको आशा झल्काएको देखिन्थ्यो । उठेको मुट्ठीको चित्रले एकता र प्रतिरोधको संकेत दिएको छ ।
आयोजकका अनुसार, फेसन केवल पहिरन नभई समाजसँग संवाद गर्ने माध्यम हो । “र्याम्पमार्फत युवाको आवाज र आमनागरिकको भावना अभिव्यक्त गर्न खोजिएको हो,” आयोजक पक्षले जनाएको छ ।
कार्यक्रमले दर्शकबाट व्यापक चासो पाएको थियो भने सामाजिक सञ्जालमा समेत यस प्रस्तुतिको चर्चा चुलिएको छ। फेसन र सामाजिक चेतनाको संगमले नेपाली र्याम्पमा नयाँ बहस सुरु गराएको विश्लेषकहरू बताउँछन् ।
FACEBOOK COMMENTS