सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरूआत गरेको छ ।
सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड स्किम हो ।
यसले नेपालमा पहिलो पटक क्यूआर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाएको बताइएको छ ।
यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्दै आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा दिन्छ ।
सिटिजन्स फोनपे क्रेडिट कार्डले प्रयोगकर्तालाई निम्न सुविधाहरू प्रदान गर्छ :
१. तत्काल कार्ड जारी गर्न सकिने : सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै आफ्नो कार्ड प्राप्त गर्न सकिने
२. स्क्यान र भुक्तानी : नयाँ सिटिजन्स फोनपे क्रेडिट कार्डद्वारा १४ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने
३. खर्च ट्र्याकिङ गर्न सकिने : आफ्नो मासिक बजेटमा रहेर वास्तविक समयमा आफ्ना खर्चहरू ट्र्याक गर्न सजिलो हुने
४. ४५ दिनसम्म ब्याजमुक्त क्रेडिट अवधि पाइने : ४५ दिनसम्म ब्याजमुक्त क्रेडिट अवधि प्राप्त गर्दै आफ्नो आर्थिक लचकतालाई उच्च स्तरमा अनुभव गर्न सकिने
५. भुक्तानीको धेरै विकल्प पाइने : ग्राहकले चाहे अनुसार पूर्ण रकम वा न्यूनतम भुक्तानी गर्न सकिने
विशेष योजना : ५० प्रतिशत तत्काल क्यासब्याक अफर
सुरूआती अवसरमा सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रति प्रयोगकर्ता ५० प्रतिशत (एक हजार रूपैयाँ) सम्मको रकमको क्यासब्याक अफर प्रदान गर्ने भएको छ ।
यो सीमित समयको अफर भदौ २७ बाट सुरू भएको हो र सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS