काठमाडौं । नेपालमा सिट्रोनको विद्युतीय गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा चाँडै नै सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी सार्वजनिक गर्ने भएको छ ।
लाइनअपमा थप नयाँ सार्वजनिक सँगै सिट्रोनले नेपाली कार उत्साहीहरूलाई अत्याधुनिक प्रविधि, आराम र उत्कृष्ट ड्राइभिङ अनुभवहरू प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।
नेपालमा सिट्रोन गाडीहरूको निरन्तर विस्तारमा यो नयाँ भेरियन्टले सिट्रोन गाडीहरूमा पाइने उत्कृष्ट आराम र दक्षतालाई निरन्तरता दिनेछ । सिट्रोनको अफिसियल वेबसाइट तथा शोरूममा गई थप जानकारी लिन सक्ने छन् । सिट्रोनसँग आराम र नवीनताको उत्कृष्ट अनुभव लिन सक्ने छन् ।
सिट्रोन एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो जसको लेगेसी १०३ वर्ष भन्दा लामो रहेको छ । अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनीयरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ ।
फ्रान्समा स्थापित सिट्रोनले भारतमा निर्माण कार्यहरूसहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ । १९१९ देखि, सिट्रोनले सामाजिक परिवर्तनहरू रूपान्तरण गर्न सवारी साधन, प्रविधि र यातायात समाधानहरू विकास गरेको छ ।
ग्राहक अनुभवलाई प्राथमिकता दिँदै आइरहेको सिट्रोनले शहरी क्षेत्रका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोबिलिटीका साथै एसयूभी सेडान र इलेक्ट्रिक तथा प्लगइन हाइब्रिड पावरट्रेनहरू भएका व्यावसायिक सवारी साधनहरूसहित विभिन्न मोडेलहरू सार्वजनिक गरेको छ । व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरूको प्रयोजनलाई ध्यानमा राखी बनाइएको अग्रणी ब्रान्ड, सिट्रोन १०१ देशहरूमा अवस्थित छ र विश्वव्यापी रूपमा ६ हजार २०० बिक्री र सेवाहरूको नेटवर्क रहेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS