काठमाडाैं । सिटी होटलले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन खुला गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा रहेकाहरुको लागि चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म र सर्वसाधारणका लागि वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म आईपीओ निष्कासन खुला गर्न लागिएको हो ।
कम्पनील जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपियाँको १०% अर्थात १६ करोड ७४ लाख रुपैंयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
कूल निष्काशन मध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६६ हजार ९ सय ६० कित्ता कर्मचारी र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको सेयर १ लाख ३५ हजार ५ सय ९४ जनाले १०/१० कित्ताका दरले पाउने छन् ।
कम्पनीले सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालन गरिरहेको छ ।
FACEBOOK COMMENTS