काठमाडौं । हकप्रद सेयर निष्कासन गर्न लागेको सिटि होटलले बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ ।
साउन २६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS