काठमाडौं । सिभिल क्यापिटल मार्केटको अध्यक्षमा भोलाबहादुर बिष्ट चयन भएका छन् ।
कम्पनीको १४ फागुनमा बसेको सञ्चालक समितिको बैठकले बिष्टलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
यसअघि सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै क्यापिटलको अध्यक्षमा सुमन आचार्य थिए ।
तर हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै आचार्य सिभिल बैंकबाट नै बाहिरिएका थिए । त्यसपछि ११ फागुनदेखि लागु हुने गरी क्यापिटलको सञ्चालक पदमा मुख्य लगानीकर्ता सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै बिष्ट चयन भएका थिए । उनी सन् २००२ मा महेन्द्र विद्या भूषणद्वारा विभूषित हुन् भने उनीसँग २० वर्षको बैंकिङ अनुभव छ ।
FACEBOOK COMMENTS