काठमाडौं । सिभिल बैंकले दशैँ विदामा पनि खुल्ने शाखाको सूची सार्वजनिक गरेको छ ।
बैंकले असोज १६ देखि असोज १८ गतेसम्म र असोज २० देखि असोज २१ गतेसम्म खुल्ने शाखाको सूची सार्वजनिक गरेको हो । बैंकका अनुसार असोज १६ गते विर्तामोड, जनकपुर, जावलाखेल, लेखनाथ, बुटवल , र धनगढी शाखा खुला रहने छ ।
त्यस्तै असोज १७ गते बिराटनगर, नारायणघाट, पोखरा र नेपालगंज शाखा खुला रहने बैंकले जनाएको छ । त्यस्तै असोज १८ गते भद्रपुर इटहरी, बिरगंज, सुर्यविनायक, शिवचोक, भैरहवा र महानेद्रनगर शाखा खुला रहने छन् ।
असोज २० गते बिहिबार पार्वतीपुर् शाखा खुला रहने र असोज २१ गते शुक्रबार बिराटचोक, नयाँ बानेश्वर, बेशीशहर , कोहलपुर, र बिरेन्द्र नगर शाखा खुला रहने बैंकले जनाएको छ ।
बैंकका अनुसार उल्लेखित दिनमा बैंकका उल्लेखित शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने छ।
FACEBOOK COMMENTS