काठमाडौं । सिभिल बैंकले सर्वाधिक ब्याजदरसहितको ‘वरिष्ठ बचत खाता’ योजना अगाडि सारेको छ ।
समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै ‘वरिष्ठ बचत खाता’ योजना ल्याइएको बैंकले जनाएको छ । नयाँ योजनामा बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउने पनि बताएको छ ।
योजना अनुसार ५८ वर्ष भन्दा माथिकाले न्यूनतम मौज्दात रू १० हजार रुपैयाँमा उक्त बचत खाता खोल्न सकिने छ । यो खातामा बैंकले वार्षिक ६.०५ प्रतिशत ब्याज प्रदान गरिने जानकारी दिएको छ । प्रदान गरिने ब्याज मासिक रुपमा प्रदान गरिने तथा रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा समेत उपलब्ध गराउने बताएको छ ।
बैैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील पोखरेलका अनुसार हाल बैंकको निक्षेपतर्फ रू. ९१.६७ अर्ब र कर्जातर्फ रू. ८५.१४ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५ प्रतिशतमा सीमित गर्न सफल भएको सीईओ पोखरेलको दाबी छ ।
FACEBOOK COMMENTS