काठमाडाैं । सिभिल बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मङ्सिर ६ गतेको निर्णय अनुसार सिभिल बैंकको शेयर कारोबार फुकुवा भएको हो ।
यस सँगै अब बुधबारबाट बैंकको शेयर कारोबार गर्न सकिने भएको छ ।
नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।
मर्जर प्रक्रियामा रहेका मेगा बैंक र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार पनि आज बाट नै फुकुवा भएको छ ।
सिभिल बैंक हिमालयन बैंकसँग गाभिने क्रममा रहेको छ ।
FACEBOOK COMMENTS