काठमाडौँ । श्रीमतीसँगको सम्बन्ध विच्छेदका लागि जनमत पार्टीका अध्यक्ष सीके राउतले दायर गरेको मुद्दा मिलापत्रमा पठाइएको छ ।
ललितपुर जिल्ला अदालतकी न्यायाधीश निर्मला योङ्याको इजलासले मङ्गलाबार राउतको मुद्दा मिलापत्रमा पठाउने आदेश जारी गरेको हो ।
राउतले २०८१ भदौ १२ गते अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए ।
श्रीमती सोनी सिन्धु घरमा नबस्ने र माइत मात्र जाने गरेको तथा लामो समयदेखि भारतमा रहँदै आएको दाबी राउतको छ ।
श्रीमती छोराछोरी र परिवारको दायित्वबाट विमुख भएको भन्दै राउतले सम्बन्ध विच्छेद चाहेको बताएका थिए ।
FACEBOOK COMMENTS