काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्ड बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।
कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकाले स्थगित गरिएको बोर्डको भनाइ छ । हाल स्थगित गरिएको परीक्षा सूचना निकालेर पछि सञ्चालन गरिने छ ।
हिजो स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको खुलाएका थिए । उनले ट्वीट गर्दै निकट भविष्यमा हुन लागेको सबै परीक्षा स्थगत गर्न स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराएका थिए ।
FACEBOOK COMMENTS