काठमाडौं । नेपालको ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार बिपिन कार्की नियुक्त गरेको छ ।
ब्राण्ड एम्बेस्डर नियुक्त सम्बन्धि सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी र कलाकार बिपिन कार्कीले हस्ताक्षर गरेका छन् । राम्रो दर्शकमा रूचाएका कलाकार सँगै काम गर्दा कम्पनीका अफर र सेवाहरुको बारेमा बजारमा सही जानकारीहरु प्रचार हुने अपेक्षा कम्पनीको रहेको छ ।
सन् २००९ मा सुरू भएको क्लासकिटेकले १२ बर्षको सेवाले ७४ वटा जिल्लामा १०३ वटा ठाँउमा यगतभित सञ्चालनमा ल्याएको छ । कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको क्लासिक टेक दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । लकडाउन भए सँगै इन्टरनेटको महत्व बढे सँगै धमाधम आउटलेट विस्तार गर्दै ग्राहकहरूलाइ छिटो र छरितो सेवा दिइ रहेको छ ।
क्लासिक टेकले सधैं ग्राहकलाई अझ सस्तो मूल्यमा स्तरिय सेवा प्रदान गर्ने दिशामा काम गरिरहेको छ र यसबाट इन्टरनेट सेवा प्रदायक कम्पनी र कलकारीता क्षेत्रबिचको सम्बन्ध थप मजबुद हुदै जाने कम्पनीले बिश्वास व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS