काठमाडौं ।काठमाडौं महानगरपालिकाले उपलब्ध गराएका विद्यालयहरूबाट बाढी प्रभावितहरू क्रमिक रूपमा आफ्नो बासस्थानतर्फ फर्किंदैछन् ।
हाल विद्यालयहरूमा बालबालिका र वृद्धवृद्धा मात्र बाँकीछन् ।
हिजो जोखिममा रहेका परिवारहरूका लागि महानगरपालिकाभित्रका करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रयस्थलका रूपमा प्रयोग गर्न व्यवस्था मिलाइएको थियो ।
तीमध्ये ४ वटा विद्यालयमा जोखिमपूर्ण अवस्थाका परिवारलाई स्थानान्तरण गरी राखिएको थियो ।
जसमध्ये विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना, जन विकास माध्यमिक विद्यालय, कुलेश्वरमा ५२ परिवार (२५१ जना) थिए ।
FACEBOOK COMMENTS