काठमाडौं । ब्रिटिश काउन्सिलले नेपालका रचनात्मक क्षेत्रहरूमा जलवायु कार्यलाई बढावा दिने उद्देश्यले नयाँ पहलका लागि आवेदनहरू खुला गरेको छ। ‘द क्लाइमेट फ्युचर्सः साउथ एसिया’ कार्यक्रमले कलाकार र सांस्कृतिक संस्थाहरूलाई नवीन परियोजना र अभ्यासहरूमार्फत जलवायु आपतकाललाई सम्बोधन गर्न अनुदानको अवसरहरू प्रदान गर्दै छ।
द क्लाइमेट फ्युचर्सः साउथ एसिया कार्यक्रमलाई कला क्षेत्रमा सहयोग प्रदान गर्न डिजाइन गरिएको हो, जसअनुसार कलाकार र सांस्कृतिक संस्थाहरूलाई यूके पाउण्ड १५,००० (लगभग २६,२५,००० रूपैयाँ ) को अनुदान उपलब्ध गराइन्छ।
अनुदान कार्यक्रमले विभिन्न परियोजनाहरूका लागि सहयोग प्रदान गर्ने लक्ष्य राखेको छः
आवेदन समयसीमाः सबै आवेदनहरूका लागि अन्तिम मिति २५ नोभेम्बर २०२४, २३:५९ जीएमटी हो। सफल आवेदकहरूले आफ्ना परियोजनाहरूमार्फत विश्वव्यापी जलवायु संवादमा महत्त्वपूर्ण प्रभाव पार्ने अवसर पाउनेछन् साथै यूकेका प्रमुख विशेषज्ञहरूद्वारा परियोजनाभरि प्राप्त मार्गदर्शनबाट लाभान्वित हुनेछन्।
सम्भावित आवेदकहरूलाई सहयोग गर्न ब्रिटिश काउन्सिलले अक्टोबरमा सूचना सत्रहरूको एक शृंखला आयोजना गर्नेछ। यी सत्रहरूले आवेदन प्रक्रियासम्बन्धी आवश्यक जानकारी प्रदान गर्नेछ र आवेदकहरूलाई कोष अनुमोदनका लागि उनीहरूको सम्भावनालाई अधिकतम बनाउन सहयोग गर्दछ। सत्रहरू ८ र २२ अक्टोबर २०२४ का लागि निर्धारित छन्, सबै १०:०० जीएमटीमा।
द क्लाइमेट फ्युचर्सः साउथ एसिया कार्यक्रम रचनात्मक क्षेत्रहरूमा जलवायु कार्यलाई सहयोग गर्ने ब्रिटिश काउन्सिलको कार्यक्रम हो। कार्यक्रमले बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका कलाकार वा सांस्कृतिक संस्थाहरूलाई अनुदान दिनेछ। छनोट भएका अनुदानदाताहरूले परियोजनाको अवधिमा प्रमुख यूके विशेषज्ञहरूद्वारा आयोजित मेन्टरशिप सत्रहरूबाट लाभ उठाउनेछन्।
ब्रिटिश काउन्सिल सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरहरूका लागि संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय संस्था हो। यसले संयुक्त अधिराज्य र अन्य देशका नागरिकबीच सम्बन्ध, समझदारी र विश्वास निर्माण गरेर शान्ति र समृद्धिका लागि सक्रिय रूपमा योगदान गर्दछ। शान्ति र समृद्धिका लागि कला र संस्कृति, शिक्षा र अंग्रेजी भाषामार्फत योगदान गदर्छ। २०० भन्दा बढी देशहरू र क्षेत्रहरूमा मानिसहरूसँग काम गर्छ र र १०० भन्दा बढी देशहरूमा उसको उपस्थिति छ। २०२२-२३ मा ऊ ६० करोड मानिसहरूमाझ पुग्न सफल भयो ।
FACEBOOK COMMENTS