काठमाडौं । आइतबारदेखि चितवनको गेष्ट हाउस चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन जारी छ ।
महाधिवेशन तालिकाअनुसार सोमबार बिहान ८:३० देखि बन्दसत्रका कार्यक्रमहरू हुने उल्लेख थियो ।
बन्दसत्र सुरु हुन ढिला भएपछि मनोनयन दर्ता हलमै महाधिवेशन प्रतिनिधिहरू आराम गरिरहेका छन् ।
केन्द्रीय सभापति र केन्द्रीय सदस्य पदमा पहिलो चरणमा निर्वाचन गर्ने तयारी छ। रास्वपामा करिब ४ हजार प्रतिनिधि सहभागी छन्।
रास्वपा महाधिवेशन :बन्द सत्र सुरू हुन ढिलाइ
