काठमाडौं । अमेजनले आफ्नो क्लाउड कम्प्युटिङ सेवामा प्राविधिक समस्या देखिएको बताएको छ । यसले गर्दा विश्वभर धेरै वेबसाइट र एपहरूलाई असर गरिरहेको छ । स्न्यापच्याट, डुओलिंगो र रोब्लोक्स डाउन भएका छन् ।
डाउनडिटेक्टरका अनुसार, सोमबार बिहान यी प्लेटफर्महरूमा आउटेजको रिपोर्ट अचानक बढेको थियो ।
अमेजन वेब सर्भिसेज कम्पनीको क्लाउड कम्प्युटिङ डिभिजन हो, जसको प्राविधिक सेवाहरूमा विश्वभरका लाखौं कम्पनीहरूले वेबसाइट र प्लेटफर्महरूलाई पावर दिन भर पर्छन् । स्मार्टफोनमा भएका धेरै एपहरू वास्तवमा अमेजन वेब सर्भिसेजको डाटा सेन्टरहरूमा चल्छन् ।
अमेजन वेब सर्भिसेजले यसको युएस– इष्ट–१ क्षेत्रमा ठुलो संख्यामा समस्या देखिएको र यसको समाधान गर्ने प्रयास भइरहेको बताएको छ ।
FACEBOOK COMMENTS