काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले एक्स्पो आयोजना गर्ने भएको छ। परिसंघले आगामी फेब्रुअरी २ देखि फेब्रुअरी ११ सम्म बिराटनगरको शंखरापुर मार्गमा एक्स्पो गर्न लागेको हो ।
२ लाख वर्ग फित रहेको क्षेत्रफलमा एक्स्पो गर्न लागिएको र एक्स्पोको उदेश्य उत्पादक र उपभोक्तालाई जोड्नु रहेको परिसंघले जनाएको छ । परिसंघका अनुसार एक्स्पोमा पर्यटन, हाइड्रो, कृषि, उद्योग, औषधि, शिक्षा लगायतका क्षेत्रसँग समबन्धित ३५० बढी स्टल रहने छन् ।
एक्स्पोमा भारतीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति समेत रहने परिसंघले जनाएको छ ।
FACEBOOK COMMENTS