काठमाडौं । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल उद्योग परिसङ्घले बधाई ज्ञापन गरेको छ ।
अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतल निवासमा बधाई ज्ञापन गरेको हो । भेटमा परिसङ्घका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिँदै मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको विषयमा निजी क्षेत्रको तर्फबाट सुझाव दिए ।
अध्यक्ष अग्रवालले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै अर्थतन्त्र सुधारका लागि मागमा वृद्धि ल्याउनुपर्ने तथा ब्याजदर घट्नुपर्ने बताए ।
उनले परिसङ्घले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनिमी’ अवधारणा राष्ट्रपति समक्ष पेश गरे । राष्ट्रपति पौडेलले परिसङ्घको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताए ।
FACEBOOK COMMENTS