काठमाडौ । नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई राहत सामाग्री पठाएको छ ।
परिसंघले उक्त सामाग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई ती राहत सामाग्री हस्तान्तरण गरे ।
परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो ।
FACEBOOK COMMENTS