काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले समस्यामा रहेको नेपालको अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो बनाउनुपर्ने बताएका छन् ।
परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआईडब्ल्यूएलएफ) को आयोजनामा चितवनमा सुरू भएको प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलनलाई सम्बोधन गर्दै उनले हाल नेपालको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको र त्यसलाई चलायमान बनाउनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिलाई थप लचिलो बनाउनुपर्ने बताएका हुन् ।
उनले समग्र बजारमा मागको कमीका कारण उद्योगी, व्यवसायीहरू अप्ठेरो अवस्थामा रहेको बताउँदै कतिपय उद्योग व्यवसाय बन्द भइसकेको र कतिपय बन्द हुने अवस्थामा रहेको जानकारी दिए । अध्यक्ष अग्रवालले पुँजीगत खर्च बढाइ अर्थतन्त्रलाई गति प्रदान गर्न आवश्यक रहेको पनि बताए ।
उनले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनका लागि कानुन सुधारका विषय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै भने, ‘लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई नयाँ सन्देश दिन महत्वपूर्ण हुने विश्वासका साथ परिसंघले दिएका कानून सुधारका विषयलाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ ।’
यसैगरी, अध्यक्ष अग्रवालले सरकार राजस्वमुखी हुँदा वर्षेनि अर्बौं रूपैयाँको खाद्यान्न आयात गर्नुपरिरहेको बताउँदै सरकारले कृषिलाई उच्च प्राथमिकता राखेको भनिए पनि व्यवहारमा लागू गर्न नसकेकोमा दुःख व्यक्त गरे ।
अहिले खर्च कटौती नभइ बढाउने समय हो, पुँजीगत खर्चका लागि पूरै संरचना फेर्नुपर्छ (भिडिओ)
FACEBOOK COMMENTS