काठमाडौ । इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालार्ई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
बचतकर्ताहरुको रकम हिनामिना गरी संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र रोकालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
भण्डारीलाई प्रहरीले बिहीबार बुर्तिबाङ बजारबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । साथै आज कर्मचारी लालमति रोकालाई प्रहरीले तारा खोलाबाट पक्राउ गरेको हो । कर्मचारी रोकालाई पनि आजै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । अन्य सञ्चालकको खोजी भइरहको प्रहरीले जनाएको छ ।
इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकम हिनामिना गरी परिवारसहित जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका थिए ।
FACEBOOK COMMENTS