काठमाडौं । सहकारीका पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न राष्ट्र बैंकले सरकारलाई सहयोग गर्ने भएको छ ।
चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारलाई सहयोग तथा समन्वय गर्ने भएको हो ।
‘सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएको बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा रु पाँच लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गरिनेछ,’ चालु आवको मौद्रिक नीतिमा भनिएको छ ।
अर्थतन्त्रलाई थप गतिशील बनाउने लक्ष्यका साथ आयो मौद्रिक नीति (पूर्णपाठ)
FACEBOOK COMMENTS