काठमाडौं । कोका कोला नेपालले “चिल एन विन” को अपार सफलता पछि “चिल एन विन २.०” क्याम्पेन फेरी ल्याएको छ । कोका– कोलाले क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइक पुरस्कारहरू जित्ने अवसर प्रदान गरेको छ । साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गर्नेछ ।
यस क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ । यी कोडहरू “चिल एन विन २.०” क्याम्पेनको वेबसाइट www.sprite.com.np मा पनि पठाउन सक्नेछ ।
साथै एसएमएस मार्फत इन्टर गर्न, सहभागीहरूले मेसेज बक्समा coke space label युनिक कोड space full name टाईप गरी ३४००१ मा एसएमएस पठाउनु पर्ने हुन्छ । यसको विकल्पमा ग्राहकहरूले लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन् । प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिनेछ
।
“चिल एन विन २.०” क्याम्पेन १ सेप्टेम्बर २०२३ मा सुरु भई ३१ अक्टोबरसम्म चल्नेछ ।
नेपालमा कोका–कोलाले यस किसिमको क्याम्पेन ल्याएको यो पहिलो पटक भने होइन । कोका–कोला नेपालले आफ्ना ग्राहकहरूलाई रोमाञ्चक र आकर्षक दुवै किसिमका क्याम्पेनहरू प्रदान गर्दै आएको छ । “चिल एन विन” को पहिलो संस्करण, “क्याप मा कार” तथा “स्प्राइटसंग जित्ने मौका” कोका–कोलाको गत वर्षका स्मरणीय क्याम्पेनहरू मध्येका केही क्याम्पेन हुन् ।
FACEBOOK COMMENTS