काठमाडौं, १९ भदौ । बोटलर्स नेपाल (तराई) लिमिटेड (नेपालमा कोका–कोला कम्पनीको आधिकारिक बोटलिगं साझेदार) ले नेपाल युवा परिषद (नेपाल युथ काउन्सिल) सँगको सहकार्यमा एउटा नवीन प्रतियोगिताको लागी सीड फन्डींग प्रदान गर्ने भएको छ । यो प्रतियोगिताले प्रत्येक प्रदेशबाट आउने उत्कृष्ट विचारहरुलाई यसको सामाजिक पहल “युथ इन्गेज्मेन्ट इन क्लाइमेट एक्सन इनिसिएटिभ” अन्तर्गत पुरस्कार प्रदान गर्ने भएको हो ।
सेप्टेम्बर ७, २०२१ मा भाग लिने अन्तिम मिति नजिकिंदै जाँदा, कोका–कोला र नेपाल युवा परिषदले नेपाल भरिका युवाहरुलाई प्रतियोगितामा भाग लिनको लागि आमन्त्रित गरेको हो । सर्ट लिस्टेड प्रोजेक्ट (सूचीकृत परियोजनाहरु) घोषित गरिनेछ जुन सेप्टेम्बर २१, २०२१ मा आयोजना हुनेछ । इच्छुक युवाहरुले मा ईमेल पठाएरnyc.nepalyouthcouncil@gmail.com वाnyc.nepalyouthcouncil@gmail.com मा गएर फर्म भरेर आफ्नो विचारहरु पेश गर्न सक्नेछन् ।
कोका–कोलाले २०१८ देखि नेपाल युवा परिषद संग नेतृत्व, उद्यमशीलता, नेटवकिंग र व्यक्तित्व विकास सम्बन्धी प्रान्तीय सम्मेलन र युवा संलग्नता कार्यक्रमको आयोजना गर्नको लागी सहकार्य गर्दै आइरहेको छ । यस प्रकारको पहल र युवाहरुको सहभागितालाई प्रोत्साहित गर्न समर्थनको उद्देश्य सँगै यस बर्ष बोटलर्स नेपाल (तराई) लिमिटेड र नेपाल युवा परिषदले जलवायु परिवर्तनलाई सम्बोधन गर्दै सँगै कार्य गर्दै आइरहेको छ ।
सीड फन्डींग कार्यक्रम बोटलर्स नेपाल (तराई) द्वारा प्रायोजित रहेको छ जसलाई प्लान इन्टरनेशनल, डब्ल्यूडब्ल्यूएफ नेपाल, मेरी स्टाप्ेस, एनआरईएन, ग्रेस इन्टरनेशनल, टेक्सस इन्टरनेशनल कलेज, एडुसञ्जाल र खल्तीको विशेष सहयोगसंँगै प्रान्तीय र स्थानीय सरकारको सहयोगमा चयनित विचारहरुको लागी अगाडि बढाइने छ । अधिक जानकारीको लागी, इच्छुक उम्मेदवारहरुले नेपाल युवा परिषदको फेसबुक पेजलाई फलो गरेर हेर्न सक्नुहुनेछ ।
FACEBOOK COMMENTS