काठमाडौँ– बितेको बर्षमा महामारीले मानिसहरुको जीवन र सम्बन्धमा परिवर्तन ल्याएको छ । यद्यपि त्यहाँ धेरै आशाका किरणहरु छन् किनकि यस महामारीले हामीलाई एकछिन विश्राम गरेर साँच्चिकै प्रियजनहरूसँग एकताका क्षणहरू मनाउने समय प्रदान गरेको छ ।
कोका–कोलाको नयाँ टिभीसीमा भावनाहरु झल्किएको देखिन्छ जसमा घरमा पकाएको खानाको साथ रिफ्रेसिंङ कोकको स्वादसँग मज्जा लिएको देख्न पाइन्छ । “घरमा साथ कोक सँग खास” ट्यागलाइनका साथ यस अभियानले “टुगेदर टेस्ट बेटर” भन्ने सन्देश प्रदान गरेको छ । यसले हामी हाम्रा प्रियजनहरूसँग हुँदा हाम्रो घरमा पकाएको खाना, स्वाद र एकता कोकको साथ अझ बढी विशेष हुन्छ भन्ने कुरा दर्शाएको छ ।
यो विज्ञापनमा विभिन्न नेपाली खानाहरु देख्न सकिन्छ जसमा तीन परिवार र साथीहरूको समूहले विभिन्न परिकारहरुको खाना पकाएर कोकसँगै रमाइलो गरिरहेका छन् । टिभीसीमा “जुन दिन संसार बन्द भयो त्यो दिन हामीले कहाँ जाने थाहा पायौँ” भन्ने देखाइएको छ जसमा लकडाउनलाई उल्लेख गर्दै हाम्रो कार्यमा फेरि अघि बढ्नु पर्छ भन्ने सन्देश प्रदान गरेको छ ।
भिडियोमा भावनात्मक सन्देश प्रस्तुत गरिएको छ “अब हामीले प्लेटमा खाना खेर फाल्न छोडेका छौँ किन कि हामीले हरेक पललाई स्वादिलो बनाउन सिकेका छौँ” जसले हामीले साधारण चीजहरूलाई पुनःपत्ता लगाएर त्यसको सराहना गरेको कुरा झल्काएको छ ।”
टीभीसी कोका–कोलाको विश्वव्यापी अभियान “टुगेदर टेस्ट बेटर” र नेपालको स्थानीयकृत “कोक एण्ड मिल्स” को विस्तार हो जसमा देशको संस्कृति, खाना र जनताको प्रतिबिम्बि झल्किएको छ । यस अभियानको माध्यमबाट, कोका–कोलाको उद्देश्य भनेको कोका–कोलाको साथ घरमै पकाएको खानामा एकरूपता मनाउन मानिसहरूलाई प्रेरित गर्नु हो र अभूतपूर्व समयको विशेष क्षणहरूलाई सम्झनु हो ।”
FACEBOOK COMMENTS