![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकहरूले रेष्टुराँहरूमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एड सीएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुराँहरूसँग सहकार्य गरेको छ ।
यी रेष्टुराँहरूमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरूले २० देखि २५ प्रतिशतसम्मको छुट अथवा केही खानाहरूसँग निःशुल्क कोक प्राप्त गर्न सक्नेछन् ।
कोका–कोलाको कोक प्लस मिल्स क्याम्पेनको नयाँ संस्करणको रूपमा ल्याइएको ‘कोका–कोला महोत्सव’ वैशाख २६ गतेदेखि जेठ २५ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS