काठमाडाैं । फिफा वल्र्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले फुट्बल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वल्र्डकप विशेष लेबल लन्च गरेको छ । “ड्रिन्क–बिलिभ–विन” नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वल्र्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाइनेछ ।
यस क्याम्पेनमा सहभागि हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वल्र्डकप लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ ।
त्यस्तै कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ ।
कात्र्तिक १५ बाट शुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ । यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् ।
FACEBOOK COMMENTS