काठमाडौं। कोका–कोलाको ‘युथ डायलग’ कार्यक्रम सम्पन्न भएको छ । ‘प्रेरणा र करियर’लाई मुख्य विषय बनाएर सञ्चालन गरिएको कार्यक्रममा व्यक्तिगत शीप र कौशल प्रयोग गरी कलाकारितामा अवसरको सृजना गर्न सकिने विषयबारे बहस गरिएको थियो ।
उक्त कार्यक्रममा सृष्टि केसी (ब्लाइन्ड रक्स), सम्पदा मल्ल (लेखक, फिल्म निर्माता) र किरण नेपाली (ब्याण्ड ‘कुटुम्ब’) प्यानलिस्टको रूपमा थिए । करीब दुई सय जनाभन्दा धेरै विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमले विद्यार्थीलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथै त्यसका सम्भावना र चुनौतीका विषयमा छलफल गरिएको थियो ।
FACEBOOK COMMENTS